मुख्य समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित | गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने | रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग | बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता | सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा | रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा |

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

Ujyalosandeshonline 11706+ समाचार ( )
२२ माघ २०८०, सोमबार

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो । 

झापा हल्दीबारीका मेनुका दृष्टिविहीन छिन् । तर उनको गायिकी भने प्रशंसानीय छ । उनकोे गायिकीले इण्डियन आइडलमा प्रशंसा बटुलेको थियो । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए । 

उनी आज घर फर्किदैछिन् । मुम्बईबाट विहान साढे १० बजे बागडोगरा विमानस्थल ओर्लिनेछिन् । उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गर्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ । झापाबाट उनका प्रशंसकहरू बागडोगरा विमानस्थल पुगेका छन् । 

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दीबारी र यहाँका सप्तक संगीत विद्यालय सहित संघसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत राखेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार