मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने

Ujyalosandeshonline 12614+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

काठमाडौं । सरकारले सरकारी अस्पतालहरूको बहिरङ्ग सेवा (ओपीडी) मा पुनः आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको नीतिअनुसार नै अबदेखि आइतबार ओपीडी सेवा बन्द रहने जानकारी दिएको हो ।

यसअघि मन्त्रालयले दुई दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई आग्रह गरेको थियो । तर, चिकित्सक संघले मन्त्रालयको उक्त आग्रहलाई अस्वीकार गर्दै आइतबार सेवा दिन नसकिने अडान लिएपछि सरकारले आफ्नो निर्णय परिमार्जन गर्दै आइतबार बिदा नै कायम गरेको हो । मन्त्रालयले स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै यो व्यवस्था मिलाइएको स्पष्ट पारेको छ ।

आइतबार ओपीडी सेवा बन्द भए पनि अस्पतालका आकस्मिक (इमर्जेन्सी) र अन्तरङ्ग सेवाहरू भने २४ सै घण्टा सुचारु रहनेछन् । मन्त्रालयका अनुसार आइतबारका लागि पूर्व निर्धारित शल्यक्रिया (ओटी) हरूलाई बिरामीको सहजता हेरेर पुनः तालिका गरिनेछ । सेवा उपलब्ध नभएको अवस्थामा बिरामीलाई नजिकैको अर्को अस्पतालमा सहज रूपमा रेफर गर्ने र एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ । अस्पतालहरूले आफ्नो सेवा प्रवाहबारे सर्वसाधारणलाई जानकारी दिन वेबसाइट र सूचना पाटीको प्रयोग गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार