मुख्य समाचार
दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो |

सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने

Ujyalosandeshonline 11870+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

काठमाडौं । सरकारले सरकारी अस्पतालहरूको बहिरङ्ग सेवा (ओपीडी) मा पुनः आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको नीतिअनुसार नै अबदेखि आइतबार ओपीडी सेवा बन्द रहने जानकारी दिएको हो ।

यसअघि मन्त्रालयले दुई दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई आग्रह गरेको थियो । तर, चिकित्सक संघले मन्त्रालयको उक्त आग्रहलाई अस्वीकार गर्दै आइतबार सेवा दिन नसकिने अडान लिएपछि सरकारले आफ्नो निर्णय परिमार्जन गर्दै आइतबार बिदा नै कायम गरेको हो । मन्त्रालयले स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै यो व्यवस्था मिलाइएको स्पष्ट पारेको छ ।

आइतबार ओपीडी सेवा बन्द भए पनि अस्पतालका आकस्मिक (इमर्जेन्सी) र अन्तरङ्ग सेवाहरू भने २४ सै घण्टा सुचारु रहनेछन् । मन्त्रालयका अनुसार आइतबारका लागि पूर्व निर्धारित शल्यक्रिया (ओटी) हरूलाई बिरामीको सहजता हेरेर पुनः तालिका गरिनेछ । सेवा उपलब्ध नभएको अवस्थामा बिरामीलाई नजिकैको अर्को अस्पतालमा सहज रूपमा रेफर गर्ने र एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले निर्देशन दिएको छ । अस्पतालहरूले आफ्नो सेवा प्रवाहबारे सर्वसाधारणलाई जानकारी दिन वेबसाइट र सूचना पाटीको प्रयोग गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार