मुख्य समाचार
जर्गाह युक्ति तालिम महाविद्यालयबाट १६७ प्रहरी जवान दीक्षित, डीआईजी आचार्यले भने– 'प्रहरी पेसा विशुद्ध सेवा र विशिष्ट जीवनशैली हो' | विकासका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छः मुख्यमन्त्री आचार्य | आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा | एकेडेमी क्रिकेट लिगः देवदह ५ विकेटले विजयी | भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न | रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख अर्याल भोलि आउनुहुने | मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले | सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रोहिणी शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न | भन्सार छली गरी कावासोतीतर्फ लगिँदै गरेका सामान र दुई पिकअप गाडी प्रहरी नियन्त्रणमा | गुरुकुल शिक्षा र छात्रावास विकासमा प्रदेश सरकारको ध्यान छः मुख्यमन्त्री आचार्य |

जर्गाह युक्ति तालिम महाविद्यालयबाट १६७ प्रहरी जवान दीक्षित, डीआईजी आचार्यले भने– 'प्रहरी पेसा विशुद्ध सेवा र विशिष्ट जीवनशैली हो'

Ujyalosandeshonline 12734+ समाचार ( )
१३ मंगशिर २०८३, शनिबार

नवलपरासी । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम १२–८ औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । तालिमबाट १६७ जना प्रशिक्षार्थी प्रहरी जवान दीक्षित भएका छन् । दीक्षान्त समारोहमा प्रमुख अतिथि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले नवदीक्षित जवानहरूलाई सम्बोधन गर्दै “प्रहरी पेसा केवल जीविकोपार्जनको माध्यम मात्र नभई विशुद्ध सेवा गर्ने कर्म, पुण्यको कार्य र उच्च आचरण, नैतिकता तथा अनुशासनपूर्वक बाँच्ने विशिष्ट जीवनशैली हो” भन्नुभयो ।

देशका विभिन्न भूगोल, भाषा र संस्कृतिबाट आएका युवाहरूलाई एउटै सङ्गठनात्मक लक्ष्यमा आबद्ध गरी कर्तव्यनिष्ठ प्रहरीका रूपमा तयार पारिएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीले बताउनुभयो । समारोहमा दीक्षान्त कवाज प्रदर्शन, शपथ ग्रहण तथा ब्यान्ड डिस्प्लेसँगै तालिममा सर्वप्रथम हुने भिम बहादुर रावत, सर्वद्वितीय हरि गोविन्द जोशी र सर्वतृतीय रमेश वि.सी. लगायत विभिन्न विधाका उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कृत गरिएको महाविद्यालयका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार