मुख्य समाचार
धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल | एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा | लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा | पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल | मोरङमा डिजे प्रयोगमा पूर्ण रोक, उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने |
मुख्य समाचार
धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल | एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा | लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा | पूर्वी जिल्लाको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, शान्ति र सद्भाव कायम राख्न अपिल | मोरङमा डिजे प्रयोगमा पूर्ण रोक, उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने |


खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन

Ujyalosandeshonline 11839+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

खोटाङ । यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा रु १०० का दरले बिक्री गर्दा यो वर्ष रु ३४ करोड १० लाख आम्दानी हुने केन्द्रका अर्थविज्ञ दीपक चौहानले जानकारी दिनुभयो ।

“यो वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकाबाट रु चार करोड ५० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ”, उहाँले भन्नुभयो, “कृषक आफैँले बजार लगेर बिक्री गर्दा प्रतिकिलो रु १३० सम्म पर्छ । कृषकबाट खरिद गरिएका सुन्तला व्यापारीले प्रतिकिलो रु १५० मा बिक्री गर्छन् ।” कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाका १० वटै स्थानीय तहमा गत वर्षको तुलानामा यसवर्ष १५ हेक्टर जमिनमा सुन्तला उत्पादन घटेको छ । गत वर्ष ९९५ टेक्टरमा सुन्तला उत्पादन भएकामा यस वर्ष विभिन्न रोगको सङ्क्रमणका कारण ९८० हेक्टर खेती गरिएको ।

व्यवसायिक सुन्तलाखेती गरिरहनुभएका जन्तेढुङ्गा–६ दिप्लुङका जगत किरातीले यो वर्ष रु सात लाख आम्दानी गरेको जानकारी दिनुभयो । “यातायातको सुविधाले यस वर्ष बगानबाटै सुन्तला बेचियो”, उहाँले भन्नुभयो, “सुन्तलाखेतीलाई विस्तार गरिरहेको छु । आगामी वर्ष अझ बढी आम्दानी हुने अनुमान छ ।” फलफूल तथा तरकारीको व्यावसायिक खेती गर्नुभएका किरातीले २५० वटा बोटमा फलेका सुन्तला बेचेर मङ्सिरमा मात्रै रु सात लाख आम्दानी भएको जानकारी दिनुभयो । दिप्लुङका किराती मात्र नभई अन्य कृषकले सुन्तला बिक्रीबाट लाखौँ आम्दानी गरेका गाउँपालिकाले जनाएको छ । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाको घोर्ले, सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, खुटा, कात्तिकेलगायत क्षेत्रका किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । बुढापाकाले खानका लागि रोपेका सुन्तला यातायातको सुविधा आएसँगै आम्दानीको स्राते बन्न थालेको कृषकहरूको भनाइ छ ।

जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले गाउँका कृषकले यसवर्ष रु एक करोड बढीको सुन्तला बिक्री गरेका गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिनुभयो । “घोर्लेमा ३१ परिवारको बसोबास छ । सबैका घरमा सुन्तलाको बगान छन् । सबै घरले हरेक वर्ष रु तीन लाख बढीको सुन्तला बिक्री गर्छन्”, उहाँले भन्नुभयो, “घोर्लेमा पुर्खाकै पालादेखि सुन्तला उत्पादन हुन्थ्यो । पहिले खानका लागि पुर्खाले रोपेका सुन्तला अहिले आम्दानीको स्रोत बनेको छ । यसलाई प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट सहयोग गर्दै आएका छौँ ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका कृषक रामबहादुर कुँवरले यो वर्ष सुन्तलाबाट कम्तीमा रु १२ लाख आम्दानी हुने अनुमान गर्नुभएको छ । गत वर्ष रु नौ लाख आम्दानी भएकामा यो वर्ष उत्पादन बढेकाले आम्दानी बढ्ने उहाँले बताउनुभयो । खोटेहाङ गाउँपालिकाका किसानले सुन्तला बिक्रीबाट बर्सेनि लाखौँ आम्दानी गर्ने वडा नं ६ इन्द्रेणी पोखरीका युवा कृषक इन्द्र नारथुङेले बताउनुभयो । गाउँपालिकामध्ये सबैभन्दा ठूलो (नौ वडा रहेको) यो पालिकामा गत वर्षको तुलनामा यसवर्ष सुन्तलाको उत्पादन घटेको कृषकहरूले बताएका छन् ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार यसवर्ष रावाबँेसी गाउँपालिकामा सुन्तलाको उत्पादनमा कमी आएको छ । खोटाङमा सुन्तलाको राजधानी भनेर चिनिने रावाबेँसी–३ लामीडाँडामा रोग र सङ्क्रमणले क्षति पु¥याउँदा उत्पादन घटेको केन्द्रका अर्थविज्ञ चौहानले जानकारी दिनुभयो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङका कृषकले उत्पादन गरेका सुन्तलामा यसवर्ष बगानबाटै बिक्री भएका स्थानीय शुभचन्द्र राईले जानकारी दिनुभयो । खार्मीमा उत्पादित सुन्तला सालपा कृषि कम्पनी खोटाङले प्रतिकिलो रु ६० मा खरिद गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार