मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

चितुवाको आक्रमणमा प्रहरीसहित चार जना घाइते

रासस 700+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चार जना घाइते भएका छन् । स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई प्रहरी, वन कर्मचारी र स्थानीयले नियन्त्रणमा लिन खोज्दा विच्किएर स्थानीयवासी र प्रहरीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाइका सहायक प्रहरी नायब निरीक्षक केदार श्रेष्ठ, बुद्धशान्ति –६ का ५० वर्षीय कृष्ण गजमेर, मेचीनगर नगरपालिका –१० का २६ वर्षीय विशाल कार्की र बद्धशान्ति–६ का ५४ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् । चारै जना घाइतेको बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । स्थानीयवासीको कुटपिटबाट चितुवाको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार