मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

जनउत्थान सामुदायिक लघुवित्तद्वारा ५० जना महिलालाई स्वास्थ्य सामग्री वितरण

Ujyalosandeshonline 12461+ समाचार ( )
२७ पौष २०८२, आइतबार

फर्साटिकर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, फर्साटिकर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० जना महिलालाई स्वास्थ्य सामग्री वितरण गरेको छ। संस्थाले विभिन्न समूहका ४६ जना महिला सदस्य र ४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सेनेटरी प्याड, डिटोल साबुन, टावेल लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

सूर्यपुरा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गैडहवा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले ग्रामीण महिलाहरूको आर्थिक तथा सामाजिक स्तर वृद्धि गर्न लघुवित्तहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले विगतमा उपचारका लागि साहुसँग ऋण माग्नुपर्ने बाध्यतालाई लघुवित्तले अन्त्य गरेको र महिला स्वास्थ्यमा गरिएको यो सहयोगले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो । कार्यक्रममा संस्थाका विभागीय प्रमुख इन्द्र बरालीले लघुवित्तलाई नाफा कमाउने थलो मात्र नभई सेवामुखी संस्थाका रूपमा बुझ्न आग्रह गर्नुभयो। उहाँले लिएको कर्जालाई उद्यमशीलतामा लगानी गरी आत्मनिर्भर बन्न सुझाव दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार