मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

रासस 189+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

भरतपुर (चितवन) । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै पर्याप्त रूपमा यसको उपयोग गर्न नसकिएको बताउनुभयो । उहाँले भारतमा गत वर्ष आयोजना भएको महाकुम्भको उदाहरण दिनुहुँदै नारायणी, देवघाटजस्ता क्षेत्रमा पनि सो प्रकारका पर्यटक ल्याउन सकिनेमा जोड दिनुभयो । “हामीले उपलब्ध स्रोतसाधनको पनि उपयोग गर्न सकेका छैनौँ, सुनको कचौरामा मागिरहेका छौँ”, उहाँले भन्नुभयो ।

कुनै पनि व्यवसायीले पर्यटनमा लगानी गर्दा त्यो व्यक्तिको मात्र नभई समग्र समुदायका लागि हुने भएकाले सोअनुसारको मानसिकता विकास गर्न जरुरी भएको उहाँको भनाइ थियो । पर्यटनले प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष रूपमा रोजगारी सृजना गर्नेदेखि समग्र अर्थतन्त्र चलायमान बनाउनका लागि सहयोग गर्ने बताउनुभयो । 

त्यस अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले भरतपुर प्रमुख पर्यटकीय गन्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभरा २७ वटा पाँचतारे होटल छन्, त्यसमध्ये चितवनमा मात्र छवटा छन्, पर्यटनमा राम्रो सम्भावना भएकाले पनि पर्यटकीय पूर्वाधारमा लगानी पनि बढेको छ ।”

उहाँले भरतपुरमा रहेको पर्यटनको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नका लागि ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण भएको बताउनुभयो । “भरतपुर भूगोलका हिसाबले मध्यभागमा छ, यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाँच सय ४६ भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन्, थारूको संस्कृति, जङ्गल सफारी, बोट सफारी गर्दा अचम्मको शान्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षाका हिसाबले पनि यो गन्तव्य बनेको छ ।”

पर्यटनविज्ञ डा विश्व सुवेदीले चितवनलाई पर्यावरणमैत्री पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले र लुम्बिनीलाई सांस्कृतिक पर्यटन, पोखरालाई पदयात्रा पर्यटन र चितवनलाई वाइल्ड लाइफ सफारी पर्यटनका रूपमा विकास गरी जोड्न आवश्यक भएको बताउनुभयो ।

यसका लागि पोखरा महानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका र भरतपुर महानगरपालिकाबीच सहकार्य गर्न लागिएको पनि बताउनुभयो । साथै भरतपुर नगरपालिकाले यहाँ रहेका सातवटा ताललाई समेटेर लेकसाइड नयाँ सर्किट बनाउन लागेको उहाँको भनाइ छ । साथै भरतपुरको पर्यटकीय गतिविधि बढाउनका लागि सोहीअनुसारका गतिविधि पनि बढाउन लागेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार