मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |

१ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद

Ujyalosandeshonline 12523+ समाचार ( )
१ जेठ २०८२, बुधवार

पर्साबाट सशस्त्र प्रहरीको टोलिले १ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा र प्रहरी सशस्त्र सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले बिन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी नाकाबाट बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको गहुँ र चामलको कनिका संयुक्त सुरक्षाकर्मी टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बरामद गरिएको हो । जसको बजार मूल्य रु २ लाख ३१ हजार २० रुपैया बराबर रहेको जनाइएको छ । 

५३ क्वीन्टल गहुँ  र  ११ क्वीन्टल ६४ केजी चामलको कनिका रहेको उल्लेख गर्दै उनले आवश्यक कारबाहीका लागि  वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए । सशस्त्र प्रहरीले भारतबाट भन्सार नतिरी खाद्यान्न नेपाल भित्र्याउने क्रम बढिरहेको र त्यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार