मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

आउने फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी

Ujyalosandeshonline 12614+ समाचार ( )
२६ माघ २०८१, शनिबार

पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय राजधानी पोखरामा सन् २०२५ का लागि पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ। महानगरपालिकाले आउँदो फागुन ३ गते एक समारोहका बीच ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी भएको हो। पोखरालाई गत वर्ष चैत्र ४ गते नेपालको पर्यटन राजधानी घोषणा गरिएको थियो ।

आज पोखरामा आयोजित बिशेष बैठकमा पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्ष घोषणाको लागि विभिन्न समिति र उपसमिति बनाएर तयारी तीव्र पारिएको बताए । हामीले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणाका लागि एक हजार ५० सदस्यीय मूल समारोह समिति, तिन वटा समिति र ४३ वटा उपसमिति बनाएर तयारीलाई तीव्र पारेका छौ,’ मेयर आचार्यले भने, ‘मूल समारोह समितिको बैठक बसेर छलफल गरेका छौ, फागुन २९ गते पत्रकार सम्मेलन गरेर समिति र उपसमिति सार्वजनिक गर्ने छौँ ।’

कार्यपालिका सदस्यहरूको संयोजकत्वमा उपसमितिहरू निर्माण भएको उनले जानकारी दिए । मूल आयोजक समिति र निर्देशक समिति आफ्नै संयोजकत्वमा र कार्यसम्पादन समिति पर्यटन क्षेत्रका व्यक्तिको संयोजकत्वमा बनाइएको मेयर आचार्यले बताए । भ्रमण वर्ष घोषणाको लागि एक वर्ष अघि देखि तयारी थालिएको र सबैलाई साथमा लिएर सबैको सहयोग तथा समर्थनमा महानगर अगाडि बढेको उनले स्पष्ट पारे ।

‘हामी सबैको साथ र समर्थनमा ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्दै यसलाई सफल पार्न लागिपरेका छौ,’ मेयर आचार्यले भने, ‘नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ,पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका विशिष्ट व्यक्ति पोखरा महानगर र महानगर बासीहरूको उल्लासपूर्ण उपस्थितिमा पोखरा भ्रमण वर्ष घोषणा हुनेछ ।’

सरकार, सामाजिक संघ संस्था तथा व्यक्तित्व र निजी क्षेत्रको सहकार्यमा भ्रमण वर्ष सफल हुने र भ्रमण वर्ष भर आन्तरिक तथा बाह्य पर्यटक गरी २० लाख पर्यटक पोखरा भित्रिने मेयर आचार्यले दाबी गरे । अपेक्षित स्वदेशी तथा विदेशी पर्यटक पोखरा भित्र्याउनका लागि महानगरले विभिन्न प्याकेज बनाएर अघि बढ्ने उनले बताए ।

पर्यटनको राजधानी पोखराको यो आधार वर्ष भएको र भ्रमण वर्ष घोषणाले एउटा राम्रो आधार तयार गर्ने मेयर आचार्यको भनाइ छ । ‘पर्यटनको राजधानी पोखराको यो आधार वर्ष हो । भ्रमण वर्ष घोषणाले हामी कहाँ छौ र कहाँ जान पर्ने हो भन्ने कुरा प्राक्टिकल्ली देखाउन सहयोग पुर्याउछ यसर्थ सिङ्गै पोखरा संयमित भएर योजनाबद्ध तरिकाले भ्रमण वर्ष मनाउन लाग्न पर्छ,’ उनले भने ।

मेयर आचार्यले यस अवधिमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरू पोखरामा आयोजना गरिने बताउँदै पोखरेलीहरू सहभागी हुने सबै केन्द्रीय स्तरका कार्यक्रमहरू समेत पोखरामा आयोजना गरिएको खण्डमा भ्रमण वर्षलाई थप मद्दत पुग्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार