मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

असुरैना माध्यमिक विद्यालयमा विद्यालय ब्यवस्थापन समिति छनौट प्रकृया स्थगित

Ujyalosandeshonline 12461+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

मर्चवार । असुरैना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनौट प्रकृया स्थगित भएको छ । शनिबार अभिभावक भेला सहित विद्यालय ब्यवस्थापन समिति छनौट प्रकृया हुने तालिका सर्बजनिक गरेपनि दुई पक्षबीच सहमति नजुटदा सो छनौट प्रकृया स्थगित भएको हो । 

विद्यालयले प्रकाशन गरेको तालिका अनुसार समिति छनौट प्रकृया अगाडी बढाउदा निवर्तमान अध्यक्ष जैस मोहम्मद खान पक्षले अभिभावक नामावली फर्जी रहेको बताउदै बिरोध गरेका थिए । यस विषयमा उच्च अदालत बुटवलमा समेत मुद्दा दर्ता भएको थियो तर उच्च अदालतले रीट खारेज गरेको थियो । जैस मोहम्मद खानले अभिभावक नामावली फर्जी रहेको बताउदै ब्यवस्थापन समिति छनौट प्रकृया रोक्नुपर्ने बताए । उनले भने ‘जसको छोराछोरी निजी विद्यालयमा अध्ययन गरीरहेका छन् उनीहरुको समेत करीब १ सय जनाको नाम अभिभावक नामावलीमा समावेश गरिएको छ । परीक्षा दिएका विद्यार्थीहरुको नाम अनुसारको अभिभावक नामावली प्रकाशन गरी मात्र छनौट प्रकृयामा जानु पर्दछ अन्यथा हाम्रो सहमति हुदैन । विद्यालयलाई राजनितीको स्थल बनाउन फर्जी नामावली समावेश गरिएको उनले आरोप लगाए । 

यसैगरी सम्मरीमाई ६ असुरैनाका मोहम्मद असलम खाँले मेरो छोरा डोटी पढीरदा समेत मेरो नाम अभिभावक नामावलीमा समावेश गरिएको बताए । उनले भने ‘यसले प्रष्ट हुन्छ कि अभिभावक नामावलीमा त्रुटी रहेको छ । छनौट प्रकृयालाई सक्दो निश्पक्ष र पारदर्शी बनाउनु पर्दछ । ’

समिति छनौटका लागि आएका शिक्षा अधिकृत माधवराज पौडेलले दुबै पक्षको सहमति नजुटदा छनौट प्रकृया अगाडी बढन नसकेको बताए । उनले भने ‘अभिभावकको नामावलीलाई लिए उत्पन्न भएको विवाद नमिल्दा र झन विवाद बढीरहदा सबै प्रकृया रोकेर तत्कालका लागि स्थगित गरेका हौँ । विद्यालयको ब्यवस्थापन समिति छनौटका लागि इमिसमा रहेको अभिभावक नामावलीलाई नै आधिकारिक मान्नु पर्ने प्रावधान रहेको छ ।’

अभिभावकको नामावली विवाद अन्त्य गर्न अब नयाँ भर्ना पछि मात्र विकल्प देखिएको शिक्षा अधिकृत पौडेलले बताए । 

विद्यालय ब्यवस्थापन समिति नहुँदा विद्यालयमा आएको शिक्षक भर्ना, विद्यालयको गेट सहित भौतिक संरचना निर्माण प्रभावित हुने सम्मरीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले बताए । ब्यवस्थापन समिति छनौट प्रकृयामा ढिलाई भनेपनि नियम कानुन मिचेर छनौट प्रकृया नबढाउन उनले आग्रह गरे । 

विद्यालयले चैत २० गते चलानी नं. २८ को पत्रमा निम्न अनुसारको तालिमा सर्बजनिक गरेको थियो । बिहान ९ बजे देखि १२ः३० बजे सम्म अभिभावक भेला, सहमतिका आधारमा समिति छनौट गर्न १२ः३१ बजे देखि १ बजे सम्म । तर यदि निर्वाचन प्रकृयामा जान परेमा सदस्य पदको उम्मेदवारी दर्ता १ बजे देखि १ः३० बजे सम्म, दबीउपर विरोध १ः३१ बजे देखि १ः४५ बजे सम्म, अन्तिम उम्मेदवारी नामावली प्रकाशन १ः४५ देखि २ः०० बजे, प्रचार प्रसार २ बजे देखि २ः३० बजे सम्म, मतदान २ः३० बजे देखि ५ः३० बजे सम्म रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार