मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

रासस 642+ समाचार ( )
१४ जेठ २०८३, बिहीबार

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रू २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने रू एक खर्ब ५६ अर्ब १७ करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन गरेको बताउनुभयो । चालु आवको १० महिनामा रू एक खर्ब ५७ करोड मूल्य पर्ने आठ लाख ९५ हजार दुई सय ४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने रू ७९ करोड ५७ करोड मूल्य पर्ने नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।

रू ३५ अर्ब ७९ करोड मूल्य पर्ने तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको १० महिनामा भने रू ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो । चालु आवको १० महिनामा रू २५ अर्ब ५४ करोड मूल्य पर्ने २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी गत आवका १० महिनामा भने रू ३० अर्ब २८ करोड मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार