मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

जेनेभामा सम्पन्न महासभामा नेपालका लागि उपलब्धिमुलक : अध्यक्ष दाहाल

Ujyalosandeshonline 12611+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको अन्तर–व्यवस्थापिका संघको १४९ औं महासभामा नेपालको सहभागिता उपलब्धिमूलक रहेको बताएका छन् । 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २०८१ असोज २७ कार्तिक १ सम्म सम्पन्न उक्त महासभामा शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित रहेर सम्बोधन गरेको बताए । 

उनले भने, ‘सम्बोधनको क्रममा पहिलो, महासभाको विषयवस्तु विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समतामुलक पहुँच सुनिश्चित गर्न संकुचित राष्ट्रिय स्वार्थ प्रेरित नभई साझा हितको विषयका रुपमा हेरिनुपर्ने बारेमा जोड दिइयो । दोस्रो, सूचना प्रविधिको क्षमता, विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर छ ।

अझै पनि साढे दुई अरच भन्दा बढी मानिसहरुको सूचना प्रविधिमा पहुँच छैन । विज्ञान, प्रबिधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समान पहुँच सुनिश्चित गर्न तथा जनुसन्धान, विकास, स्रोत परिचालन र युवाहरूको सहभागिता बढाउनका लागि प्रविधिमा समान पहुँचको सुनिश्चितता गर्ने आवश्यक रहेको विषयलाई जोडदार रुपमा उठाएको छु ।’

यसको साथै, प्रविधिको तीव्र विकासले ल्याउने साइबर असुरक्षा गोपनीयता भद्र, नकारात्मक सामग्रीको प्रसार, आर्टिफिसियल इन्टेलिजेम्सको दुरुपयोगजस्ता जोखिम न्यूनीकरण गर्न आवश्यक नीति नियम निर्माणमा विश्वका व्यवस्थापिकाहरुबीच सहकार्यको आवश्यकता रहेको तर्फ पनि जोड दिएको बताए । 

यस्तै, छिमेकी राष्ट्र भारतका लोकसभा अध्यक्ष ओम बिरला दुई देशबीच संसदीय सहकार्य गर्दै थप मजबुत बनाउने दिशामा संसदीय अनुभव आदान प्रदान गर्ने विषयमा कुराकानी भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै