मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

जेनेभामा सम्पन्न महासभामा नेपालका लागि उपलब्धिमुलक : अध्यक्ष दाहाल

Ujyalosandeshonline 12321+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको अन्तर–व्यवस्थापिका संघको १४९ औं महासभामा नेपालको सहभागिता उपलब्धिमूलक रहेको बताएका छन् । 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २०८१ असोज २७ कार्तिक १ सम्म सम्पन्न उक्त महासभामा शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयमा केन्द्रित रहेर सम्बोधन गरेको बताए । 

उनले भने, ‘सम्बोधनको क्रममा पहिलो, महासभाको विषयवस्तु विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समतामुलक पहुँच सुनिश्चित गर्न संकुचित राष्ट्रिय स्वार्थ प्रेरित नभई साझा हितको विषयका रुपमा हेरिनुपर्ने बारेमा जोड दिइयो । दोस्रो, सूचना प्रविधिको क्षमता, विकास र पहुँचमा देशभित्र र देशहरुबीच ठूलो अन्तर छ ।

अझै पनि साढे दुई अरच भन्दा बढी मानिसहरुको सूचना प्रविधिमा पहुँच छैन । विज्ञान, प्रबिधि र नवप्रवर्तनका उपलब्धिहरूमा सबैको समान पहुँच सुनिश्चित गर्न तथा जनुसन्धान, विकास, स्रोत परिचालन र युवाहरूको सहभागिता बढाउनका लागि प्रविधिमा समान पहुँचको सुनिश्चितता गर्ने आवश्यक रहेको विषयलाई जोडदार रुपमा उठाएको छु ।’

यसको साथै, प्रविधिको तीव्र विकासले ल्याउने साइबर असुरक्षा गोपनीयता भद्र, नकारात्मक सामग्रीको प्रसार, आर्टिफिसियल इन्टेलिजेम्सको दुरुपयोगजस्ता जोखिम न्यूनीकरण गर्न आवश्यक नीति नियम निर्माणमा विश्वका व्यवस्थापिकाहरुबीच सहकार्यको आवश्यकता रहेको तर्फ पनि जोड दिएको बताए । 

यस्तै, छिमेकी राष्ट्र भारतका लोकसभा अध्यक्ष ओम बिरला दुई देशबीच संसदीय सहकार्य गर्दै थप मजबुत बनाउने दिशामा संसदीय अनुभव आदान प्रदान गर्ने विषयमा कुराकानी भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार