मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

असिना पानीले कृषिवालीमा क्षति, घोगा लागेको मकै सखाप

Ujyalosandeshonline 12320+ समाचार ( )
८ चैत्र २०८१, शनिबार

रौतहट  । रौतहटमा बेमौषमी बर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ । चन्द्रपुरसहित उत्तरी भेगमा शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै बालीमा बढी क्षति पुगेको हो ।

चन्द्रपुर नगरपालिका वाड नं ८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो अवस्थाको मकै खेती असिनाले सखाप पारेको हो ।

अबको एक÷दुई महिना पछी घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको उनको गुनासो छ । मकै खेती गर्दा विरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको बताए ।

सुगाबाटबचाउन सकिएपनिप्रकृतिवाट बचाउन नसकिने उनले बताए । तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकैबाली नष्ट गरेको छ । वृदावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिना पानीले क्षती गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आप, लिची, कटहर जस्ता बालीमा बढी क्षती गरेको कृषकहरुको भनाइ छ । आप र लिचीको मजुर फुल अर्थात बतिला (स–साना अवस्था) असिना पानीका कारण झरेर क्षती पुगेको उनीहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नु पर्ने सुझाव दिएको छ ।

असिना पानीले खपडा, फुस, टाली घर पनि क्षती पुगेको स्थानीयले बताएका छन् । हिउँदे बर्षा र असिनाका कारण ईट्टामा पनि क्षति पुगेको व्यवसायीहरु बताउँछन् । असिना पानीले गरेको क्षतीका बारेमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कृषकहरुको माग छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार