मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

भारतीय कुखुरा तस्करीले नेपाली किसान विस्थापित, 'जेन जी' युवाले थाले प्रतिकार

Ujyalosandeshonline 12611+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

नवलपरासी । नवलपरासी जिल्लामा चोरी तस्करी बढेपछि अहिले गाउँ-गाउँमा 'जेन जी' समूहका युवाहरू यसलाई नियन्त्रण गर्न सक्रिय भएका छन्। पटक-पटकको चेतावनीलाई तस्करहरूले बेवास्ता गरेपछि रामग्राम १ सण्डाका जेन जी युवाहरूको समूहले तस्करी भइरहेका कुखुरा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ।

भारतबाट मोटरसाइकलमा चोरी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा रामग्राम १ सहुवाटिकर र सण्डा गाउँको बीचमा तस्करहरूलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तस्करहरूले केही कुखुरा फालेर र केही लिएर भागेको युवाहरूले बताए। फालिएका कुखुरा प्रहरीलाई जिम्मा लगाइएको थियो। स्थानीय बासिन्दाले प्रहरीको संलग्नतामा तस्करी भइरहेको आरोप लगाएका छन्, किनभने सिमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी र बीटहरू हुँदाहुँदै पनि तस्करी निर्वाध रूपमा चलिरहेको छ।

चाडपर्वको समयमा सिमा क्षेत्रमा चोरी तस्करी झन् बढेको छ। युवा समूह र स्थानीय बासिन्दाले प्रहरीले नै मोटरसाइकलमा लोड गरिएका सामान राजमार्गसम्म पुर्याउन सघाउने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार भारतीय कुखुराको तस्करीले नेपाली कुखुरापालक किसानहरू विस्थापित भइरहेका छन् र पेशा छाडेर वैदेशिक रोजगारीमा जान बाध्य छन्।

एक स्थानीयका अनुसार, प्रहरीका घुमुवाहरूले तस्कर र ड्युटीमा रहेका प्रहरीसँग समन्वय गरी तस्करीलाई सहज बनाउँछन्। घुमुवा प्रहरीले फोनमार्फत ड्युटीमा रहेका प्रहरीलाई जानकारी दिएपछि उनीहरूले फरक रुटमा गएर तस्कर हिँड्ने बाटो खुला गरिदिन्छन्, जसले गर्दा तस्करहरूले सजिलै सामान राजमार्गसम्म पुर्याउँछन्। सनई, रगरगँज, पडरी, गेर्मी, रामपुरवा, तोनवा ,गोपालपुर लगायतका नाकाबाट कुखुरा तस्करी हुने गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार