मुख्य समाचार
दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा | अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान | अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन |

बरहथवा घटना छानबिन गर्न समिति गठन

Ujyalosandeshonline 12334+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन गरेको हो । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी समिति सदस्य छन् । 

सर्लाहीको बरहथवा–५ मा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनमा शुक्रबार बरहथवा–६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । घटनापछि उक्त क्षेत्रमा स्थानीय प्रशासनले कफ्यु आदेश जारी गरेको थियो । 

उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार