मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचका मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलाको चौथो खेल आज

Ujyalosandeshonline 11540+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

काठमाडौं । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो खेल आज (बिहीबार) हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजेदेखि शुरु हुनेछ। 

गत शनिबार बाट जारी पाँच खेलको मैत्रीपूर्ण ट्वान्टी–२० शृंखलामा तीन खेल खेलेको वेष्ट इण्डिज ए टोलीले दुई खेलमा जित दर्ज गराएको छ भने घरेलु टोली नेपाल देस्रो स्थानमा छ । 

वेष्ट इण्डिजले नेपाललाई  आइतबार भएको पहिलो खेलमा १० रन र  बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो। शनिबार भएको शृंखलाको पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल पनि शनिबार हुनेछ।

शृंखलाको चौथो खेलमा घरेलु टोली नेपाल जित्नै पर्ने दबाबमा छ । आगामी जुनमा आयोजना हुने आईसीसी टी –२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल नेपालमा भइरहेको हो। 

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यही समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन्। विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार