मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

अमित झा स्मृति साहित्य, संगीत पुरस्कार स्व.गुरुदेव कामत पत्नीलाई

Ujyalosandeshonline 11844+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

जनकपुर । अमित झा स्मृति साहित्य, संगीत पुरस्कार नेपालका प्रख्यात शस्त्रीय संगीतकार स्वर्गीय गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ । बिहीबार जनकपुर साहित्य महोत्सवको छैठौं संस्करणको शुभारम्भ कार्यक्रममा उक्त पुरस्कार स्व.संगीतकार कामतको पत्नी सगुनवती देवी कामतलाई हस्तान्तरण गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र अमितको बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार राशीको पुरस्कार रकम स्व.कामतको पत्नीलाई दिइएको हो । नव मिथिला फाउण्डेशनको आयोजनामा विहीबार (आज)देखि तीन दिवसीय जनकपुर साहित्य महोत्सवको छैठौं संस्करण सुरु भएको छ ।

भारतबाट संगीतमा स्नात्तक गरेका कामत गत साउनमा मृत्युवरण गरेका थिए । प्रवल जनसेवाश्री लगायत पुरस्कारबाट समेत सम्मानित भइसकेका कामत राज्यबाट विशेष सहयोग पाएका थिएनन् ।त्यस्तै, अर्का संगीतकार अशोक दत्तलाई समेत ५१ हजार रुपंैयाँ आर्थिक सहयोग गरिएको छ । संगीत क्षेत्रमा उल्लेखनिय योगदान दिएका उनी क्यान्सर रोगबाट ग्रसित छन् ।

उनको उपचारर्थका लागि सहयोग गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री सिंहले आयोजकलाई विगत ६ वर्षदेखि साहित्य र भाषा प्रवद्र्धनको क्षेत्रमा गर्दै आएको क्रियाकलापको प्रशंसा गर्नुका साथै आगामि दिनमा प्रदेश सरकारले पनि यसै किसिमको साहित्य महोत्सव आयोजना गर्नेबारे जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार