मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

पर्यटकीय स्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै

Ujyalosandeshonline 12456+ समाचार ( )
११ असार २०८३, बिहीबार

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ । ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले संरक्षण अभियान अघि बढाएको हो ।   

स्थानीयस्तरमा आकर्षक प्राकृतिक पोखरीका रूपमा रहेको ठूलो आहाल क्षेत्र पर्यटकका लागि सम्भावनायुक्त स्थल मानिन्छ । हरियाली वन क्षेत्रले घेरिएको यो स्थान शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् ।   

गाउँपालिकाले यस क्षेत्रको दीर्घकालीन संरक्षण र पर्यटन प्रवद्र्धनलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार संरचना निर्माण सुरु गरेको छ । हालसम्म पोखरी संरक्षण, वरपरको क्षेत्र सरसफाइ, विश्रामस्थल निर्माण, वृक्षारोपणलगायत कार्य सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यसले पर्यटकलाई बस्न, अवलोकन गर्न र समय बिताउन सहज वातावरण तयार पार्न थालेको उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार हालसम्म करिब रु पाँच लाख बराबरको लगानीमा प्रारम्भिक संरक्षण तथा पूर्वाधार विकासका काम सम्पन्न गरिएको छ । “यस क्षेत्रलाई व्यवस्थित गर्दै क्रमशः थप संरचना निर्माण गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

प्राकृतिक सम्पदाको जगेर्नासँगै पर्यटकीय स्थल बनाउने लक्ष्यका साथ संरक्षण तथा विकासको काम गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । प्राकृतिक रूपमा सुन्दर र सम्भावनायुक्त ठाउँ रहेकाले यसको विकासमा गाउँपालिकाले जोड दिएको उहाँको भनाइ छ ।   

स्थानीयवासी पनि यस अभियानप्रति उत्साहित देखिएका छन्। स्थानीय ध्रुव राईका अनुसार ठूलो आहाललाई पर्यटकीय स्थलसँगै वनभोज स्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । “यो ठाउँलाई संरक्षण गरेर प्रचारप्रसार गर्न सके यहाँ आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।

आगामी दिनमा थप पूर्वाधार निर्माण, पहुँच मार्ग सुधार, सूचना बोर्ड स्थापना तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्दै ठूलो आहाल क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको पौवादुङमा गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार