मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

भैरहवामा जारी महोत्सवमा थपियो रौनक: 'जलपरी' र कुस्तीले दर्शक मख्ख

Ujyalosandeshonline 12456+ समाचार ( )
१४ मंगशिर २०८२, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित अञ्चलपुरमा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ मा दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा शनिबार एकैदिन ३५ हजारभन्दा बढी र आइतबार करिब १० हजार दर्शकले अवलोकन गरेपछि आयोजकहरू उत्साहित भएका छन् । विशेषगरी नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’, फिस टनेल, बालउद्यान तथा आइतबारदेखि सुरु भएको कुस्ती प्रतियोगिताले मेलालाई थप रोमाञ्चक बनाएको छ ।

मेला परिसरको सरसफाइ, बिछ्याइएको हरियो कार्पेट र व्यवस्थित वातावरणको आगन्तुकहरूले खुलेर प्रशंसा गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा सञ्चालित यो महोत्सवले स्थानीय बजार तथा स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको छ ।

महोत्सवमा ३ सय वटा स्टलहरू सञ्चालनमा छन् भने हालसम्म १ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको आर्थिक व्यवस्थापन समितिले जनाएको छ । आगामी मंसिर २१ गतेसम्म चल्ने यस मेलामा करिब १ लाख ५० हजार दर्शकको सहभागिता रहने र कुल ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार