बुटवल । बुटवल उपमहानगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण प्रक्रिया अघि बढाएको छ। पहिलो चरणमा वडा नं. ११ मजुवाका ७००, वडा नं. १२ राजपुरका १४५ र वडा नं. १३ जवईका ३०० गरी एक हजार १५७ परिवारलाई लालपुर्जा दिन लागिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो।
विसं २०७७ माघसम्म कम्तीमा १० वर्षदेखि बसोबास गर्दै आएकालाई वडाको सिफारिसमा पुर्जा वितरण गर्न लागिएको हो।बुटवलमा कुल १८ हजार ८७४ परिवारको लगत रहेकोमा हालसम्म १० हजार ६१६ जग्गाको नापजाँच सकिएको र करिब सात हजार बाँकी रहेको उपमहानगरले जनाएको छ। आयोग विघटन लगायतका कारण रोकिएको वितरण प्रक्रिया सरोकारवाला निकायसँगको समन्वयमा पुनः तीव्र पारिएको भूमि व्यवस्थापन शाखा प्रमुख दामोदर ज्ञवालीले बताउनुभयो।