भैरहवा । आगजनी गरी वातावरण प्रदूषण गर्ने पाँच जनालाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको विभिन्न वडामा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी आगो लगाई धुवाँ उत्सर्जन तथा आगजनीको जोखिम बढाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडरियाका ३५ वर्षीय इमताज अहमद र ३४ वर्षीय रमेश चमार, वडा नं. ६ पर्साका २५ वर्षीय मोहमद इर्फान फकिर, वडा नं. ६ तर्कुललाहका ४३ वर्षीय राजेश गुप्ता र वडा नं. ८ एकलाका ५० वर्षीय राधेश्याम यादव रहेका छन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो।