मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ

Ujyalosandeshonline 12696+ समाचार ( )
५ मंगशिर २०८३, शुक्रबार

काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा ‘आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ को समुद्घाटन सम्पन्न भएको छ । नेपाल प्रहरीको क्लोज युजर ग्रुप (सियुजी) सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार एक सय २२ जना प्रहरी कर्मचारीहरूको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारमको लिङ्क पठाएर प्रहरी महानिरीक्षक के.सी.ले डेस्कको शुभारम्भ गर्नुभएको हो । सोही अवसरमा उहाँले एक जना प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी गुनासोसमेत सुन्नुभएको थियो ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको यस डेस्कको प्रमुख उद्देश्य सङ्गठनमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीहरूको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक डा. के.सी.ले आधारभूत तहका प्रहरी कर्मचारीहरूले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा विविध गुनासाहरूको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा कार्य गर्न डेस्कमा खटिएका प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार