मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्जवलन तथा पुजा

Ujyalosandeshonline 12614+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

लुम्बिनी । बुद्व जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै शनिबार दीप प्रज्वलन तथा पुजा गरिएको छ । प्रसिद्ध बौद्ध धर्मगुरू क्याबगोंगमा शाक्य त्रिचेन रिन्पोछेले मायाँदेवी मन्दिरमा दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेका हुन् ।

दीप प्रज्वलन पश्चात् भएको कार्यक्रममा बोल्दै रिन्पोछेले लुम्बिनीबाट विश्व शान्तिको प्रयास गर्नुपर्ने बताए  । रिन्पोछेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले भगवान बुद्वको जन्मस्थलमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे । 

भगवान बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, सर्वप्रथम धर्मदेशना गरेको स्थान सारनाथ र महापरिनिर्वाण भएको स्थान कुसीनगरलाई महत्वपूर्ण स्थान बताएको उल्लेख गर्दै जीवनमा एकपटक सबैले लुम्बिनी आउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा धर्मगुरूले आउनु सुखद कुरा भएको बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा कोरोनाका कारण रोकिएको पुजा पुन सञ्चालन भएकोमा खुसी व्यक्त गरिन । 

उक्त अवसरमा रिपोन्छेलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र कार्यकारिणी सदस्य श्याम रोक्काले स्वागत गरेका थिए ।  शाक्य मोन्लम पूजाको पूर्वसन्ध्यामा विश्व शान्तिको कामना सहित दीप प्रज्जवल गरिएको कार्यकारिणी सदस्य श्याम रोकाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार