मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्जवलन तथा पुजा

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

लुम्बिनी । बुद्व जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै शनिबार दीप प्रज्वलन तथा पुजा गरिएको छ । प्रसिद्ध बौद्ध धर्मगुरू क्याबगोंगमा शाक्य त्रिचेन रिन्पोछेले मायाँदेवी मन्दिरमा दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेका हुन् ।

दीप प्रज्वलन पश्चात् भएको कार्यक्रममा बोल्दै रिन्पोछेले लुम्बिनीबाट विश्व शान्तिको प्रयास गर्नुपर्ने बताए  । रिन्पोछेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले भगवान बुद्वको जन्मस्थलमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे । 

भगवान बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, सर्वप्रथम धर्मदेशना गरेको स्थान सारनाथ र महापरिनिर्वाण भएको स्थान कुसीनगरलाई महत्वपूर्ण स्थान बताएको उल्लेख गर्दै जीवनमा एकपटक सबैले लुम्बिनी आउनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा धर्मगुरूले आउनु सुखद कुरा भएको बताए । लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा कोरोनाका कारण रोकिएको पुजा पुन सञ्चालन भएकोमा खुसी व्यक्त गरिन । 

उक्त अवसरमा रिपोन्छेलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र कार्यकारिणी सदस्य श्याम रोक्काले स्वागत गरेका थिए ।  शाक्य मोन्लम पूजाको पूर्वसन्ध्यामा विश्व शान्तिको कामना सहित दीप प्रज्जवल गरिएको कार्यकारिणी सदस्य श्याम रोकाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार