मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह

Ujyalosandeshonline 12320+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

हेटौंडा । राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ । पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा विभाग प्रमुख डा. राजेश गिरि र डा. बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए ।

प्रतिनिधिसभा सांसद दीपक बहादुर सिंह प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए भने सभाध्यक्षका रूपमा शिक्षा विभाग प्रमुख डा. राजेश गिरिले कार्यक्रमको नेतृत्व गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सिंहले राप्रपाको सांगठनिक सुदृढीकरण र अनुशासित तथा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकता दिने बताए । उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न आह्वान गर्दै राप्रपा खुला मञ्च भएको सन्देश दिए ।

राप्रपा मकवानपुर क्षेत्रिय अध्यक्ष उमेश थापाले कार्यक्रमबारे जानकारी दिँदै यसले राप्रपाको शैक्षिक दृष्टिकोणलाई स्पष्ट दिशा दिने विश्वास व्यक्त गरे । थापाले पार्टिले देशभरका कार्यकर्ताहरुबाट सुझाब संकलन गरिरहेको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले उत्साहजनक रूपमा सहभागिता जनाउँदै सकारात्मक वातावरणमा समापन भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार