मुख्य समाचार
नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद | बढ्दैछ महोत्तरीमा कोदोखेती | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | सरकारलाई विपक्षी दलको सन्देशः ‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’ | उद्योगमन्त्री यादवद्वारा राजीनामा | भोटेकोसी बाढीपीडितका लागि असरफी जामे मस्जिदद्वारा ७३ हजार सहयोग | बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु | तरकारीको विषादी परीक्षण बढाइँदै | भोटेकोशी बाढी प्रभावित नुवाकोटको देवीघाटमा सेनाद्वारा एक्रो ब्रिज जडान सम्पन्न | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार |

नेपालबाट तस्कर गरी भारत पुर्‍याइएको ७२ बोरा चाइनिज लसुन एसएसबीद्वारा बरामद

Ujyalosandeshonline 12280+ समाचार ( )
२५ भाद्र २०८३, बिहीबार

नेपाल-भारत सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी गरी पुर्‍याइएको ठूलो परिमाणको चाइनिज लसुन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ। महराजगंज जिल्लाको निचलौल क्षेत्रस्थित सीमा स्तम्भ ४९७/१ नजिकै तिलबारी गाउँको खेतमा लुकाएर राखिएको ७२ बोरा चाइनिज लसुन एसएसबी २२ औँ बाहिनीको टोलीले बरामद गरेको हो। सहायक कमाण्डेन्ट सन्दीप सिंहको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा सो लसुन बरामद गरी आवश्यक कारबाहीका लागि निचलौल कस्टम कार्यालयमा बुझाएको छ।

नेपालका सीमा नाकामा २४ सै घण्टा सुरक्षा निकायको बाक्लो उपस्थिति र गस्ती रहँदा पनि यति ठूलो परिमाणमा चाइनिज लसुन सीमापारि पुगेपछि स्थानीय स्तरमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। नवलपरासीका सीमावर्ती नाकाहरूबाट पछिल्लो समय तस्करी फस्टाउँदै गएको र सीमापारि भारतीय सुरक्षा बलले समातेपछि मात्रै घटना सार्वजनिक हुने गरेको भन्दै स्थानीयवासीबीच यो विषय तीव्र चर्चाको विषय बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार