विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्न सकिदैन् : ज्ञानेन्द्र शाही

Ujyalosandeshonline 12304+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको अर्थसमितिमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन माथि भएको छलफलका क्रममा विधेयकमा समावेश गरिएको ‘सामान्य’ शब्दप्रति आपत्ति जनाएका छन्।

शाहीले बैठकमा कानुन बनाउने क्रममा लुप पोइन्ट (कानुनी खोट) छाड्न नहुने भन्दै कडा शब्दमा आपत्ति व्यक्त गरेका छन । उनले भने, ‘सामान्य केलाई मान्ने, त्यसको त डेफिनेसन होला नि त। कानुन बनाउने भनेपछि लुप पोइन्ट छाडेर हुँदैन्। यो कहीँ पनि हुँदैन्।’

उनले भने, ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमा ‘सामान्य’ शब्दले कानुनलाई उल्झाउने खतरा रहेको छ। यसले तत्तविज अधिकार धेरै दिनेछ र कानुनमा खेल्ने अवसर सिर्जना गर्नेछ ।’

सांसद शाहीले विधेयकको सुधारका लागि थप समय दिनुपर्ने धारणा राख्दै भने, ‘विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्दा विधेयक नै फेल हुन्छ। छलफल दुई–तीन दिन गरेर हुँदैन। दश दिन लागोस्, तर राम्रो गरी छलफल हुनुपर्छ।’ सांसद शाहीले सुरक्षित कारोबार विधेयकमा भएका कमजोरी हटाउन आग्रह गर्दै विधेयक पास गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार