मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

हीरो मोटोकर्पको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक

Ujyalosandeshonline 12456+ समाचार ( )
४ पौष २०८१, बिहीबार

भैरहवा । हिरो मोटरसाईकलको लागि भैरहवा क्षेत्रको आधिकारी विक्रेता युनाईटेड बिजनेश कर्प प्रालीले दुई नयाँ मोटरसाइकल – एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर एक कार्यक्रमका बिच बिहिबार भैरहवामा सार्वजनिक गरेको छ । 

एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २,८९,९०० रुपैया र एबीएस भेरियन्टका लागि ३,११,९०० रुपैया तोकिएको प्रालीका सञ्चालक दिपेन्दै यादवले बताए । ।

उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल भएको यादवले दावी गरे । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले  ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने उनको भनाई छ । “१४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।” यादवले भने एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ ।”

आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुने कम्पनीका अध्यक्ष नन्दलाल यादवले बताए । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कंडेलले मोटरसाई विक्रि मात्र नभई बिक्री पछिको सुविधामा पनि ध्यान दिन बिक्रेतालाई आग्रह गरे । उनले बिक्रि पछिको सर्विसिङ, पार्ट्सको उपलब्धता एवम ग्राहकको सेवामा प्रतिवद्ध हुन सके मात्र सफल हुने धारणा राखे । 

कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, हिरो मोटो कर्पका हर्ष लिम्बाचिया, लुम्बिनी प्रेस क्लबका कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार