मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

न्यायको लडाइँ अझै बाँकी छ, सबैको हिसाब हुनेछ: रवि लामिछाने

Ujyalosandeshonline 11540+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि शुक्रबार थुनामुक्त भएका छन् । ललितपुरस्थित नख्खु कारागारबाट रूपन्देही जिल्ला अदालत पुर्‍याइएका लामिछानेलाई कानुनी प्रक्रिया पूरा गरी प्रहरीले रिहा गरेको हो। थुनामुक्त भएलगत्तै अदालत परिसरमा भेला भएका ठुलो सङ्ख्याका शुभचिन्तक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो लडाइँ व्यक्तिगत नभई देशको न्यायका लागि भएको उद्घोष गरे।

सम्बोधनका क्रममा निकै दृढ देखिएका लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको र आफूले धेरै लड्न बाँकी रहेको बताए। उनले आफूमाथि भएको अन्यायलाई सामान्य मान्दै शक्तिमा रहेकाहरूले देशमाथि गरिरहेको अन्यायका विरुद्ध आवाज बुलन्द पार्ने चेतावनी दिए। "मैले लड्न बाँकी छ भनेको मेरा लागि मात्र होइन, तपाईँहरू र देशको न्यायका लागि हो," उनले आक्रोश व्यक्त गर्दै भने, "यिनीहरूले देशमाथि गरेको अन्यायको अगाडि म माथि भएको अन्याय केही पनि होइन, अब सबैको हिसाब मिलान हुनेछ।"

लामिछानेले देशले चाँडै न्याय पाउनेमा आफू आशावादी रहेको बताउँदै अहिलेलाई धेरै नबोल्ने तर उपयुक्त समयमा सबै कुराको पर्दाफास गर्ने सङ्केत गरे। समर्थकहरूको माया र विश्वासका लागि धन्यवाद दिँदै उनले केही समय धैर्य गर्न र आफूले बोल्ने समय चाँडै आउने आश्वासन समेत दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार