मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

Ujyalosandeshonline 10781+ समाचार ( )
१३ पौष २०८२, आइतबार

नेपालगञ्ज । बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरुको विवरण माग गरिएको जानकारी दिनुभयो । 

जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको सङ्ख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रहनुभएको शाहीले जानकारी दिनुभयो । “मतदाता नामावलीमा परिचयपत्रका आधारमा नाम दर्ता गराउने पनि छन्”, उहाँले भन्नुभयो । 

प्रमुख शाहीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको थियो । बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्जले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली सङ्कलन गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार