मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम

Ujyalosandeshonline 12321+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

रामेछाप । धुलो धुवाँमा उभिएर रातदिन ड्युटी गर्ने प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले विशेष कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीको सो समस्या समाधानको लागि चिकित्सालयले तीन दिने नस्यकर्म कार्यक्रम सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यक्रम सुरु भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् । 

कार्यक्रम अन्तर्गत प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्ने श्वासप्रश्वास सम्बन्धी विभिन्न योग कर्मको अभ्यास गराइने उनले जानकारी दिइन् । त्यस्तै लामो समयसम्म उभिँदा ढाड, कम्मर र गोडामा आउने स्वास्थ्य समस्या समाधानका लागि विभिन्न योग गराइने उनले बताइन् । ‘आयुर्वेदको महत्त्वपूर्ण नस्यकर्म नाकमा औषधी हाल्ने प्रक्रिया गराउँछौँ, नाक र श्वासप्रश्वासको समस्या समाधानको लागि नेतीकर्म पनि गराउँछौँ’, उनले भनिन् । 

सो अभ्यासमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख  डिएसपी प्रदीपकुमार सिंह, प्रहरी निरीक्षक लगायत अधिकृत तथा लामो समय ड्युटी गर्ने ट्राफिक प्रहरीहरू लगायतका सहभागिता रहेको छ । नसर्ने रोगका लागि आयुर्वेदिक उपचार पद्धति निक्कै प्रभावकारी हुने बताउँदै रामेछापका प्रहरी प्रमुख सिंहले यसले ड्युटी गर्ने प्रहरीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार