मुख्य समाचार
हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद | विपद्मा अग्रपङ्क्तिदेखि दुर्गम बस्तीमा नागरिक सुनुवाइसम्म: बाजुरामा अब्बल नेतृत्व दिँदै डीएसपी बोहरा | भोटेकोशी बाढीप्रभावितका लागि एनएसभीआईद्वारा करिब १३ लाख सहयोग | पैसा कमाउने चक्करमा यात्रुको ज्यान दाउमा ! छड्केमा परे चारवटा ईभी गाडी | इलाका प्रहरी कार्यालय कृष्णनगरका हवल्दार राना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा सर्लाहीका गाउँपालिका अध्यक्ष पक्राउ |

पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा

Ujyalosandeshonline 12691+ समाचार ( )
३ मंगशिर २०८३, बुधवार

​काठमाडौँ । बराह बचत तथा ऋण सहकारी संस्थाको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणका मुख्य योजनाकार शिव कुमार विश्वकर्मा (लामिछाने) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभएको छ।

​गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्दै पूर्वका बचतकर्ताहरूको पीडालाई सम्बोधन गर्न आफूले पदभार ग्रहण गरेकै दिनदेखि खोजी कार्यलाई तीव्रता दिएको उल्लेख गर्नुभएको छ। उहाँले करिब छ वर्षअघि धरानमा 'सेभ घोपा' अभियान सञ्चालनका क्रममा स्थानीय बचतकर्ताहरूका गुनासा सुनेको स्मरण गर्दै अभियन्ताका रूपमा तथा 'जेनजी आन्दोलन' पश्चात् तत्काल परिणाम दिन नसके पनि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ।

​फेसबुक पोस्टमार्फत गृहमन्त्री गुरुङले मुख्य योजनाकारलाई कानुनी दायरामा ल्याउन सफल भएको उल्लेख गर्दै उक्त ठगी प्रकरणमा संलग्न अन्य बाँकी दोषीहरूको खोजी तथा कारबाही प्रक्रियालाई पनि क्रमबद्ध रूपमा तीव्र पारिने स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार