नवलपरासी । प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा नवनियुक्त प्रहरी प्रशिक्षार्थीहरूका लागि कारागार सुरक्षा तथा कानुनी व्यवस्थासम्बन्धी विशेष प्रशिक्षण सम्पन्न भएको छ। महाविद्यालयका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको निमन्त्रणामा आयोजित कार्यक्रममा ऐन, कानुनमा निर्दिष्ट व्यवस्था र व्यावहारिक अनुभवका आधारमा प्रशिक्षण दिइएको थियो। कारागार सञ्चालन, सुरक्षा प्रबन्ध र व्यावसायिक आचरणसम्बन्धी यो प्रशिक्षणले प्रशिक्षार्थीहरूको पेसागत दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न
३ मंगशिर २०८३, बुधवार