काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा प्रधानमन्त्री शाहले दलेलालाई सफल कार्यकालको शुभकामना दिनुका साथै रसुवा–भोटेकोशी बाढीपछिको भारतीय सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
सो अवसरमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारेसमेत छलफल भएको थियो। राजदूत दलेलाले भ्रमणका कार्यसूची तय भइसकेको र भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो। भेटमा दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने विषयमासमेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।