मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

मौसम विभागको चेतावनी: मधेश प्रदेशसहित विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

Ujyalosandeshonline 12457+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

जनकपुरधाम । मौसम विभागले असोज १७ गतेदेखि २० गतेसम्म मधेश प्रदेश लगायत अन्य प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस अवधिको वर्षाले नदी किनार, खोलानाला, सडक र बस्तीहरूमा बाढी, कटान र अन्य आकस्मिक परिस्थितिहरू सिर्जना गर्न सक्ने पूर्वानुमान गरिएको छ ।

जनताको जीवन र सुरक्षालाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक तयारी र सतर्कता अपनाउन निर्देशन दिइसकेको छ। प्रदेश सरकारले नदी किनार, संवेदनशील क्षेत्र र जोखिमयुक्त स्थानमा नजान, अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित रहन हार्दिक अनुरोध गरेको छ। स्थानीय प्रशासन, आपतकालीन टोली, सुरक्षाकर्मी र स्वास्थ्यका टोलीहरूलाई जनताको सुरक्षा र राहतका लागि पूर्ण रूपमा तत्पर रहन निर्देशन दिइएको छ।

यसैगरी, प्रदेशमा क्रियाशील गैरसरकारी संस्थाहरू, स्वयंसेवक समूहहरूलाई विपद्बाट सिर्जना हुने जोखिम न्यूनीकरणमा सहयोग गर्न आग्रह गरिएको छ । प्रदेश सरकारले सबै नागरिकलाई यस अवधिभर सचेत रहन, आफ्नो र परिवारको सुरक्षा सुनिश्चित गर्न र आपसी सहयोग, समझदारी तथा संयम कायम राख्न अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार