मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागे : शाही

Ujyalosandeshonline 12450+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनको लागि विदेशीसँग पैसा मागेर आएको बताएका छन् ।बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताएका हुन् । 

यस्तै, उनले एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्थाले जनतालाई प्रतिनिधित्व नगर्ने पनि बताए । उनले भने, ‘देशको प्रधानमन्त्री विदेश भ्रमण जानुभयो । देशको प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, रोडको लागि बजेट ल्याउनुहुन्छ, विदेशीसँग पैसा माग्नुहुन्छ भनेर हामीले सोचेका थियौं । उहाँले आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा माग्नुभयो । एउटा निर्वाचन क्षेत्र जितेपछि प्रधानमन्त्री बन्ने व्यवस्था राम्रो भएन । यसले जनतालाई प्रतिनिधित्व गर्दैन् ।’

यसको साथै, उनले एउटा निर्वाचन क्षेत्रको जनताले सांसदका लागि भोट हालेर पठाएकाहरुले आफै मिलेर खाने र कुर्सी नछाड्ने परिपाटी रहेको उल्लेख गरे । उनले भने, ‘देशका ७७ वटा जिल्ला मध्ये ७६ जिल्लाका जनताले अझ भन्ने हो भने १६५ वटा निर्वाचन क्षेत्रमा १६४ वटा निर्वाचन क्षेत्रका जनताले केपी ओलीलाई प्रधानमन्त्रीको लागि भोट हालेको होइन । उहाँलाई एउटा निर्वाचन क्षेत्रको जनताले त्यो पनि प्रधानमन्त्री होइन् सांसदका लागि भोट हालेको हो । तर संविधान कस्तो बनाए भने आफै मिलेर खाने, कहिले हटाउन नमिल्ने बनाए ।

¥याल काट्दै पनि प्रधानमन्त्रीको कुर्सी छाड्न नमिल्ने बनाए । पाँचौ पटकसम्म प्रधानमन्त्री बन्ने तर देशका ५५ लाखभन्दा बढि युवा अरुको देशमा काम गर्न जानुपर्ने बाध्यता छ । उनले देश गणतन्त्रले होइन् राजा र जनता मिलेर बनाएको भन्दै अभिभावक बिनाको घर र राजा बिनाको देश कहिल्यै राम्रो हुन नसक्ने पनि दावी गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार