मुख्य समाचार
प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप |

प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने

Ujyalosandeshonline 12708+ समाचार ( )
८ मंगशिर २०८३, सोमबार

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज बिहान ११ः०० बजे नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता हुनेभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि दुई देशबिच महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुनेछ । आजै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा केही आयोजना उद्घाटन गर्नुका साथै सम्बोधन गर्ने र भारतीय समकक्षी मोदीले आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुने कार्यक्रम छ ।

त्यसअघि प्रधानमन्त्री शाहले बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुहुने छ भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नुहुने तालिका छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सल्लाहकारहरू, उच्च सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सम्मिलित भ्रमण टोलीको नेतृत्व गर्दै भारत जानुभएका प्रधानमन्त्री शाह भ्रमण पूरा गरी आजै स्वदेश फर्कनुहुने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार