मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका खड्काको प्यानल विजयी

Ujyalosandeshonline 12461+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्का नेतृत्वमा प्यानल विजयी भएको छ । मंगलबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार  नेविसंघका खड्काले नेकपा एमालेको विद्यार्थी संगठन  अनेरास्ववियुका जगतजंग शाहीलाई  २ सय ८० मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।

खड्काले १ हजार १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९ सय ७ मत पाए। अन्य प्रत्याशी प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे । कुल ४ हजार ३ सय ८३ मतदाता रहेको मध्यपश्चिम विश्वविद्यालयका २ हजार ८ सय ६४ जनाले मतदान गरेका थिए । सचिवमा नेविसंघकै भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल निर्वाचित भएका छन् ।

सदस्यतर्फ पनि नेविसंघकै विकासकुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह विजयी भएका छन् । मध्यपश्चिम विश्वविद्यालय स्थापनापछि भएको पहिलो स्ववियु निर्वाचनमा पनि नेविसंघकै झक्क शाही विजयी भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार