मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बिन्ध्यवासिनी मिसुजुको ३० औं बार्षिकोत्सव सम्पन्न

Ujyalosandeshonline 11005+ समाचार ( )
१ पौष २०८१, सोमबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ गोनहियामा रहेको श्री विन्द्य्यवासिनी मिसुजु आधारभूत विद्यालयको ३०औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

२०५१ पुस १ गते स्थापना भएको विध्यालयमा जपानी दाताहरुको सहयोगम भवन निर्माण गरिएको थियो । तत्कालिन विन्ध्वासिनी मन्दिरको जग्गामा विद्यालय निर्माण भएको छ । 

विद्यालय नगरपालिकामा रहे पनि अभाव झेलिरहेको छ । ११५ जना विद्यार्थी मात्र रहेको विद्यालयको शिक्षण सिकाइ उपलब्धी समग्रमा ५० मात्र रहेको विद्यालयको प्रअ युवकला पाण्डेले जानकारी दिइन ।  १२ जना कर्मचारी शिक्षक रहे पनि आइसीटीको लागि तालिम प्राप्त शिक्षकको अभाव खडकी रहेको उनले बताइन । पहिला गोनहिया, दुमदुमवा, उदयपुर लगायतको बालबालिकाहरु विद्यालयमा अध्यय गरे पनि अहिले निजि विद्यालय र ठुला सामुदायिक विद्यालयकै कारण विध्यार्थी संख्या न्यून रहेको छ ।

विद्यालयकै छेउमा माछापालन र सुंगुरपालन रहेको छ । यसले विद्यालयमा दुर्घन्ध फैलिएर कठिनाइ भएको उनले बताइन । ग्रामिण क्षेत्रको विद्यालय भएकोले विद्यालयमा खानेपानी र शौचालयको कमि रहेको छ । 

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्पसालले अभिभावकहरुले घरमा विध्यार्थीहरुलाइ पढाइको माहौल बनाइदिनु पर्ने बताए । घरमा गरेको अभ्यासले विद्यालयमा उनिहरुको पढाइमा ध्यान जाने र सिकाइ बढ्ने उनले धारणा राखे ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामबृक्ष यादवको अध्यक्षता, सिद्धार्थनगर नगर पालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्प्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य वसन्त भट्टराई, बसुन्धरा पोखरेल, गोनहिया टोल सुधार समिति गोनहियाका कोषाध्यक्ष मोती बहादुर थापा मगर लगायतले बोलेका थिए । शिक्षिका उषा घिमिरेको सन्चालन र पूर्व प्रधान अध्यापक चतुर्भुज रेग्मीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार