मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |
मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |


मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला

Ujyalosandeshonline 12321+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

लुम्बिनी । चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको परीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो । बोडीमा बिषादी फेला परेपछि नष्ट गरिएको थियो । त्यस्तै, केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ल्याएर बिक्रीका लागि राखिएका काँक्रोमा पनि अत्यधिक मात्रामा विषादी भेटिएपछि पाँच सय किलो काँक्रा नष्ट गरिएको थियो ।

बुटवलमा विभिन्न क्षेत्रबाट आउने दूधको यही जेठ १३ गते नमूना सङ्कलन गरी परीक्षण गर्दा बिषादी फेला परेकाले बिक्रीमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । उपभोक्तालाई त्यस्तो दूध तथा तरकारी उपभोग नगर्न सचेतसमेत गराइएको उहाँको भनाइ छ । बुटवल क्षेत्रमा आउने दूधमा नफाटने बिषादी मिसाइएको परीक्षणमा फेला परेकाले अहिले उपमहानगरले कडाइका साथ अनुगमनलाई अगाडि बढाएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

यसैबीच, बुटवलको थोक बजारमा बिक्रीका लागि राखिएका काउली आज परीक्षण गर्दा अत्यधिक मात्रामा विषादी प्रयोग भएको फेला परेको छ । थोक बजार केन्द्रमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बिक्रीका लागि आज बिहान ल्याइएका हरियो तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा काउलीमा अत्यधिक विषादी प्रयोग गरेको पाइएपछि २२ किलो काउली नष्ट गरिएको छ ।

रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाबाट बुटवलस्थित केन्द्रमा बिक्रीका लागि ल्याइएका काउलीमा ‘अर्गानोफस्फेट’ समूहको विषादीको मात्रा ८०.८९ प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिनुभयो ।

विषादी परीक्षण प्राविधिकका अनुसार तरकारीमा ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूहको विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खानयोग्य मानिन्छ । प्राविधिक सहायक भण्डारीले भन्नुभयो, “३५ देखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरी खान मिल्ने र विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी देखियो भने त्यसलाई खानयोग्य मानिँदैन र नष्ट गर्नुपर्छ ।” उहाँका अनुसार अहिलेसम्म दुई हजार ६४५ नमूना सङ्कलन गरी विषादी परीक्षण गर्दा नौवटा तरकारीमा विषादी फेला परेको छ भने अरु नौवटामा क्यारेन्टाइनमा राख्नुपर्ने देखिएको छ ।

केन्द्रमा चितवन, मकवानपुरको पालुङ, रुपन्देहीको मर्चवार र सेमरा क्षेत्रबाट आएका बोडी, काँक्रा, काउली र साँगमा विषादी देखिएको जनाउँदै चितवनबाट आउने धेरैजसो तरकारी परीक्षण गरेरमात्र सेवन गर्नुपर्ने भण्डारीले बताउनुभयो । उहाँका अनुसार केन्द्रमा नियमित विषादी परीक्षण हुँदै आएको छ । 

आज परीक्षण गर्दा फेला परेका विषादीयुक्त काउलीलाई बुटवल उपमहानगरपालिकासँगको समन्वयमा नष्ट गरिएको हो । हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमूना सङ्कलन गरी परीक्षण गर्दै आएको छ । बुटवलको थोक बजारभन्दा बाहिरबाट बिक्री हुने तरकारीमा भने विषादी परीक्षण हुनसकेको छैन ।

विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जानकारी हुँदाहुँदै पनि पछिल्लो समय किसानले छिटो उत्पादन गरी आम्दानी गर्ने उद्देश्यले तरकारी र फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्ने गरेकाले यसतर्फ सबै सचेत हुनुपर्ने कृषि प्राविधिकहरू बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार