मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

अस्पताल भवन निर्माण अलपत्र

Ujyalosandeshonline 12455+ समाचार ( )
१५ असार २०८३, सोमबार

खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच विसं २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो ।  कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।  

कूल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो ।  तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँच पटकसम्म म्याद थप गरिएको थियो । हालसम्म कम्पनीले रु छ करोड ४९ लाख छ हजार रकम भुक्तानी बुझिसकेको गाउँपालिकाले जनाएको छ । 

पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिनुभएको छ । “ठेकेदार कम्पनीलाई  पटकपटक ताकेता गरिरहेका छौँ । पछिल्लोपटक थपिएको म्यादमा काम सम्पन्न भएन”, उहाँले भन्नुभयो, “अस्पताल भवन निर्माणका लागि पालिकाबाट उपलब्ध रकम ठेकेदार कम्पनीले भुक्तानी लान सकेन । अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ ।”

चिसापानी बजारमा आधारभूत अस्पात भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।  विस्तृत परियोजना रिपोर्ट (डिपीआर) परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार