मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

पुष्पलालको जन्म जिल्लमा मनाइयो कम्युनिष्ट पार्टीको स्थापना दिवस

Ujyalosandeshonline 12455+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पुष्पलाल जन्मिएको जिल्ला रामेछापमा पुष्पलाल प्रति सम्मान र चियापान कार्यक्रम आयोजना गरिएको छ । मन्थलीको सहिद गंगालाल, पुष्पलाल र साहित्यका सहिद कृष्णलालको सालिक रहेको तीनलाल पार्कमा कम्युनिष्ट नेताहरू भेला भएर उनीहरूको प्रतिमामा पुष्पगुच्छा चढाइ सम्मान प्रकट गरेका हुन् । 

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, प्रदेश कमिटी सदस्य एवं भूमि आयोग रामेछापकी सदस्य गंगा कार्की, प्रदेश कमिटीका नेता ध्रुव कार्की, रामेछाप जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, उपसचिव मिलनकुमा घिसिङ, जिल्ला कमिटीका नेताहरू, पालिका कमिटीका नेताहरू, जनप्रतिनिधि तथा जनसंगठनका नेताहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना महत्त्वपूर्ण क्षण भएको बताए । पुष्पलाल जन्मिएको जिल्ला भएको कारणले पनि रामेछापले यसमा अझ गर्व गर्नु पर्ने उनको धारणा छ । पाँच जनाले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी आज लाखौँ नागरिकको भरोसाको केन्द्र बनेको उनले बताए । नेकपा एमाले यति बेला नेपालको मूल राजनीति धार भएको उनको धारणा छ । 

नेपालको राजनीतिक परिवर्तन र आर्थिक, सामाजिक विकासको नेतृत्व गर्ने पार्टीको रूपमा नेकपा एमाले स्थापित भएको उनले प्रष्ट पारे । ‘मुलुकलाई समृद्ध बनाउने अभियानमा हामी लागेका छौँ’, उनले भने । पुष्पलालले स्थापना गरेको पार्टीको जगमा उभिएर आज नेकपा एमाले अघि बढेको उनले बताए । त्यसैले पुष्पलाले देखाएको बाटोमा एमाले अघि बढ्नु पर्नेमा उनले जोड दिए । 

अहिले आएका चुनौती र अन्तर्विरोधको सामनाको लागि पुष्पलालका रचना अध्ययन गर्न आवश्यक रहेको उनले बताए । पार्टीको नीति र विचार ठिक छ भनिरहेको बेला समस्या आउनुको पछाडि कार्यशैली ठिक नभएको हुन सक्ने बताउँदै उनले अब कार्यशैलीलाई परिवर्तन गरी अघि बढ्नु पर्नेमा जोड दिए । 

२२ अप्रिल १९४९ का दिन पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारत कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । त्यसकै स्मृतिमा २२ अप्रिलमा नेकपाको स्थापना दिवस मनाउने गरिन्छ । नेकपाका संस्थापक पुष्पलालको जन्म रामेछापको भँगेरीमा भएको थियो । उनका पिता रामेछापमा जागिरमा रहेको बेला सहिद गंगालाल र पुष्पलाल दुवैको जन्म भँगेरीमा भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार