मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा

Ujyalosandeshonline 12612+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

त्रिवेणी (रुकुम–पश्चिम) । रुकुम–पश्चिममा गत आर्थिक वर्ष २०८२/८३ मा चार लाख ३०४ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय रुकुमसहित पालिकामा रहेका पालिका अस्पतालबाट उक्त सङ्ख्यामा सेवाग्राहीले सेवा लिएका हुन् । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा स्वास्थ्य सेवा लिनेको सङ्ख्या पछिल्लो वर्ष केही घटेको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा चार लाख ३९ हजार २५८ जनाले स्वास्थ्य सेवा लिएकामा आर्थिक वर्ष २०८१/८२ मा चार लाख ४३ हजार ५९८ जनाले स्वास्थ्य सेवा लिएका थिए । आर्थिक वर्ष २०८२/८३ मा चार  लाख ३०४ जनाले स्वास्थ्य सेवा लिएका स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षमा चौरजहारी नगरपालिकामा सबैभन्दा बढी एक लाख २१ हजार ४९४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने मुसिकोट नगरपालिकामा एक लाख चार हजार ५९० जनाले सेवा लिएका छन् । त्यस्तैै आठबिसकोट नगरपालिकामा ७२ हजार ३७०, सानीभेरी गाउँपालिकामा ३५ हजार ५६२, बाँफिकोट गाउँपालिकामा ३३ हजार २०३ र त्रिवेणी गाउँपालिकामा सवैभन्दा कम ३३ हजार ८५ जनाले स्वास्थ्य सेवा लिएका जनस्वास्थ्य अधिकृत पुनले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका थिए । तीन आर्थिक वर्षकै अवधिमा स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहबाट संचालनमा रहेका अस्पतालबाट १२ लाख ८३ हजार १६० जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा स्वास्थ्य सेवा उपयोगको अवस्था स्थानीय तहअनुसार फरक फरक रहेको छ । सबै स्थानीय तहमा प्रविधि र विशेषज्ञको अभावमा सेवा सेवा प्रवाह नहुँदा समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार