मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

नेपालीहरु आफ्नै देशमा सुरक्षित छैनन : पूर्वप्रमुख आयुक्त उपाध्याय

Ujyalosandeshonline 12611+ समाचार ( )
१२ माघ २०८१, शनिबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय सुरक्षा सभामा बोल्दै उनले खुला सिमानाको कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यसमा सरकारको ध्यान नगएको बताएका हुन् । 

उनले भने,‘भारतसँग खुला सिमाना छ भनेर गर्व गरिन्छ । विशेष व्यवस्था पनि हो यो । हाम्रो अवस्था चाहीं कस्तो छ भने सुरक्षा भन्ने चिज नै छैन् । प्रष्ट के छ भने नेपालमा कति विदेशी बस्छन्, कहिलेदेखि बसेका छ्न, भारतीय कति छन्, तीनको छोराछोरी कहिलेसम्म बस्छन् सरकारलाई केही अत्तोपत्तो छैन् । ज्यान सुरक्षित छैन् । कुनैपनि मानिस जुनबेला पनि मारिन सक्छ । मारिएको पनि छ । तर मार्ने मानिस नेपाली होइनन् । त्यसैले हामी आफ्नै देशमा सुरक्षित छैनौं ।यो सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न सक्दैन् ।’

त्यस्तै उनले सरकारले नागरिकको सुरक्षालाई भन्दापनि पर्यटन विकासको बारेमा मात्र सोचेको भन्दै पर्यटन ठूलो कि देश ठूलो भन्दै प्रश्न गरे । दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म नेपाली स्वतन्त्र नहुने उनको भनाई छ । 

उनले भने,‘दक्षिणतिरको सिमानामा नियमन हुनुपर्छ । जो पनि आएकै छ, सरकारले धेरै मान्छे आउन अनि हाम्रो पर्यटन विकास हुन्छ भन्छ । पर्यटन ठूलो कि देश ठूलो ? दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म हामी स्वतन्त्र हुँदैनौं । भनाई मात्र स्वतन्त्र हो । कुनै पनि बेला कुनै पनि भारतीयले आएर मार्दिन सक्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार