मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

कञ्चनमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु, विजेतालाई ५० हजार पुरस्कार

जगीलाल थापा 30+ समाचार ( )
२७ कार्तिक २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको कञ्चन–४, भैरमघाटमा बालाचतुर्दशी मेलाको अवसरमा वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कञ्चन आमा समूहको आयोजनामा सञ्चालित प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका गरी १६ फुटबल समूह सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा निष्पक्ष सुधार केन्द्र, कञ्चन–३ ले भैसाही फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निष्पक्षका लागि रोव परियार, कजी अधिकारी र मिलन रानाले गोल गरे । यस्तै, हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४ ले सिद्धार्थ युवा क्लबलाई हरायो । हिमालयका लागि आकाश थापा र नसिव पुनले गोल गरे ।

कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले खेलकुदले युवाहरूलाई सामाजिक सेवामा उत्प्रेरित गर्ने बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित कप र मेडल पाउने आयोजकले जनाएको छ । साथै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिता मंसिर ३ गतेसम्म भैरमघाट खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार