मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

मन्त्री घिसिङद्वारा पार्टी आबद्धताको खण्डन

Ujyalosandeshonline 12466+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पार्नुभएको छ। उहाँले 'उज्यालो नेपाल पार्टी' सँग आफ्नो आबद्धता र उक्त पार्टीको अध्यक्ष बन्न लागेको भन्ने खबरहरू असत्य भएको बताउनुभएको छ ।

विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै मन्त्री घिसिङले भन्नुभयो, “सूचनारसमाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु।"

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, "मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।” यसरी मन्त्री घिसिङले आफूलाई जोडेर आएका सबै हल्लाहरूको खण्डन गर्दै यस्ता भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार