मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री

Ujyalosandeshonline 12612+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् । विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए । 

उनले भने, ‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ । हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो । वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाले अब आमाको के हुन्छ त, वंश बुबाले स्थापित गर्ने हो भने आमाको के हुन्छ भन्ने बहसहरु भईरहेको बेला अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेका छौ ।’

यस्तै, उनले ब्रिटिस गोर्खाको विषयमा ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसकेको मान्छेले नेपालमा दोहोरो नागरिकता नपाउने भन्दै जसले त्यो लिएको छैन् त्यो नेपाली नागरिक नै भएको कुरामा स्पष्ट हुनुपर्ने बताए । 

उनले भने, ‘अर्को ब्रिटिस गुर्खाको कुरामा जुन मान्छेले ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसक्यो, त्यो मान्छे युकेको नागरिक हो । उसको दोहोरो नागरिकता नेपालमा हुदैँन् । जसले त्यो लिएको छैन् त्यो नेपाली नागरिक नै हो, भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार