मुख्य समाचार
डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै |

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री

Ujyalosandeshonline 12207+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् । विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए । 

उनले भने, ‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ । हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो । वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाले अब आमाको के हुन्छ त, वंश बुबाले स्थापित गर्ने हो भने आमाको के हुन्छ भन्ने बहसहरु भईरहेको बेला अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेका छौ ।’

यस्तै, उनले ब्रिटिस गोर्खाको विषयमा ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसकेको मान्छेले नेपालमा दोहोरो नागरिकता नपाउने भन्दै जसले त्यो लिएको छैन् त्यो नेपाली नागरिक नै भएको कुरामा स्पष्ट हुनुपर्ने बताए । 

उनले भने, ‘अर्को ब्रिटिस गुर्खाको कुरामा जुन मान्छेले ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसक्यो, त्यो मान्छे युकेको नागरिक हो । उसको दोहोरो नागरिकता नेपालमा हुदैँन् । जसले त्यो लिएको छैन् त्यो नेपाली नागरिक नै हो, भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार