मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल

Ujyalosandeshonline 12450+ समाचार ( )
२२ अशोज २०८१, मङ्गलबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामुहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए । 

उनले भने, ‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामुहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति सरकारले लिएको पनि उनको भनाई छ । 

उनले भने, ‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’उनले समय सापेक्षित श्रमिकको न्युनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीति कार्यान्वयन गर्दैै आएको जानकारी गराए ।

बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरो लगायतबाट केही वर्षबाट नेपालमा भएको मानविय तथा भौतिक क्षतिबाट गरिखाने श्रमिक वर्गमा पर्न गएको समस्या र उनीहरुको न्यायोचित रुपान्तरणका कुराहरु नेपालका तर्फबाट कुरा उठाउने बताए । उनले दुई दिने एशिया प्रशान्त क्षेत्रको सबै वरिष्ठ ट्रेड युनियन नेताहरु सम्मिलित बैठकको शुभकामना समेत दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार