मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |

प्रश्नपत्रको गोपनीयता भंग आरोपमा दुई शिक्षक पक्राउ

Ujyalosandeshonline 6941+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । परीक्षाअगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय  विकास ज्ञवाली छन् ।

राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४–२६ मा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । परीक्षा चलिरहेकै बेला काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको गोपनीयता र मर्यादा भंग हुनेगरी प्रश्नपत्रहरु सामाजिक सञ्जालका माध्यमहरु ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइबर लगायतमा सेयर गरेको खुलेको थियो । विभिन्न ग्रुपहरु बनाएर तिनमा परीक्षाअघि नै प्रश्नपत्र तथा उक्त प्रश्नपत्रको उत्तरहरु आदानप्रदान गर्ने÷गराउने गरेको पाइएको थियो । 

उक्त कसुरमा संलग्नको खोजतलास दुवैलाई सोमबार टेकुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा कार्बाहीका लागि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले ५ दिनको हिरासत म्याद अनुमति लिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार