मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

जिल्ला अस्पताल कालीकोटले फोहरमैला व्यवस्थापन केन्द्र संचालनमा ल्यायो

Ujyalosandeshonline 12080+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

कालिकोट । जिल्ला अस्पताल कालीकोटले  अस्पातलबाट उत्पादित फोहोरमैला व्यवस्थापन केन्द्र संञ्चालनमा ल्याएको छ । युनिसेफ र छायाँ नेपालको अर्थिक सहयोगमा अस्पताल हाता भित्र फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिएको उक्त भवनबाट सुरक्षित फोहोरमैला व्यवस्थापन संचालनमा ल्याएको हो ।

समुदायहरुको जलवायु उत्थानशिल बनाउन अस्पातलमा खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा परियोजना अन्र्तगत जिल्ला अस्पतामा निर्माण भएको फोहोरमैला व्यवस्थापन केन्द्र शुक्रबारदेखी संचालनमा ल्याएको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक बहादुर महतले जानकारी दिए ।

फोहोरमैला व्यवस्थापनका लागि अस्पातलले यसअघि प्रयोग गर्दै आएको पानीको मुहान संरक्षण तथा ईन्टेक निर्माण, १६ घनमिटरको आर भि टि मर्मत पानी भण्डारणका लागि १ हजार लिटर क्षमताका प्लाष्ट्कि हिलट्याङ्की पानी प्रशोधनका लागि क्लोरिनेसन जडान सहित सुरक्षित फोहोरमैला व्यस्थापनका लागि अटोक्लभ, से्रडर हात धुुने, जोखिम रहित, र कार्यलय कक्ष सहितको भवन निर्माण र दुई वटा संक्रमण तथा धारीलो फोहोर मैला व्यवस्थापन खाड्ल दुई वटा प्लासिन्टा पिट निर्माण १२ वटा फोहोर भण्डारण केज र फोहो प्रविधी संचालन तथा उज्यालोका लागि थ्रिफेज उर्जा जडान सहित कोभिडको बेला युनिसेफले सहयोग गरी  संचालनमा नआएको फोहोर मैला प्रसोधन गर्ने एक सेट क्लोरिनेसनसन मेसिन जडान भई ब्यक्तिगत सरसफाईका समग्री र व्यवस्थापन सामग्री उपलब्ध भएकाले जिल्ला अस्पताल भित्र उत्पादित फोहोरमैला सुरक्षित तवरले व्यवस्थापन हुने जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर प्रकास पौडेलले बताए ।

सुरक्षित फोहोर मैला व्यवस्थापनका लागि सहयोगी संस्था छायाँ नेपालका कर्णाली प्रदेशका प्रबन्धक मिन बहादुर रावलले दिएको जानकारी अनुसार अस्पतालबाट उत्पादित कुल फोहोर मैलाको २५ प्रतिशत फोहोर संक्राणमक हुने र बाँकी ७५ प्रतिशत फोहोर साधारण फोहोर हुन्छ । तर २५ प्रतिश उत्पादन हुने संक्राणत्मक फाहोरको उचित व्यवस्थापन नगर्दा सम्पुर्ण फोहोर संक्रात्मक हुने र अस्पतालमा आउने सेवाग्राही र आसपासका समुदायका लागि घातक हुने गर्छ । कुहीने, नकुहीने र संक्रणमक फोहोरमैला नुछुटयाई व्यवस्थापन  गर्दा यस बिभिन्न किसिमका सरुवा रोगको सक्रमण हुने भएकाले पहिला अस्पातलबाट उत्पादन भएको फोहोर मैला पहिचान गरी सुरक्षित तवरले व्यवस्थापन गर्नका लागि फोहोरमैला संकलन केन्द्र निर्माण गरिएको उनले बताए ।

खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाँखा प्रमुख रबिन्द्र सेजुवालले जिल्ला अस्पातल भित्र उत्पादित फोहोर व्यवस्थापनका लागि नगरपालिकाले उक्त फोहोरलाई विर्सजन गर्ने स्थानसम्म ढुवानी व्यवस्थापन लागि सहयोग गर्ने बताए । फोहोरमैला संकलन केन्द्रको उद्घाटन गर्न पुगेका सामजिक मन्त्रालय कर्णाली प्रदेशका सचिव दिर्ग बहादुर पोखरेलले फोहोरमैला संकलन केन्द्र निर्माण पश्चात यसको उपयोगका लागि कर्मचारीहरुको महत्वपुर्ण भूमिका रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार