मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

भैरहवाबाट ४३५ एम्पुल लागुऔषधसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरबाट प्रहरीले ४३५ एम्पुल नियन्त्रित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ निवासी २२ वर्षीय प्रवेश घर्ती मगर र १७ वर्षीय विस्मत घर्ती मगर रहेका छन् ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले नियमित सवारी चेकजाँचका क्रममा रा ७ प ७००७ नम्बरको स्कुटर रोकेर जाँच गर्दा उनीहरूको साथबाट डाइजेपाम, प्रोमेथाजिन र बुप्रेनोर्फिन १४५र १४५ एम्पुल गरी कुल ४३५ एम्पुल इन्जेक्सन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट तीन थान सिरिन्ज, दुई थान मोबाइल र स्कुटरसमेत नियन्त्रणमा लिएको छ । बरामद लागुऔषध कहाँबाट ल्याइएको र कसलाई पुर्‍याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्र र मुख्य सडकमार्गमा लागुऔषध नियन्त्रणका लागि निगरानी बढाइएको रुपन्देही प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार